नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेद्वारा बाढीपीडितको लागि एकैदिन १ लाख ५३ हजार सहयोग संकलन

SHARE:

नगेन्द्रराज नेम्बाङ
लन्डन, अल्डरसट । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूके (एनडीआईए)ले नेपालका बाढीपीडितका लागि एकै दिन १ लाख ५३ हजार रुपैयाँ सहयोग संकलन गरेको छ ।

आइतबार ६ सेप्टेम्बरमा आयोजित एसोसिएसनको वार्षिक साधारणसभा साथै भेटघाट कार्यक्रममा हालै नेपालमा आएको बाढीपीडितहरुको राहत, उद्धार र पुन:स्थापनाका लागि ७५० पाउन्ड (नेरु १ लाख ५३ हजार बराबर) संकलन भएको कोषाध्यक्ष गोप सिङ्जाली मगरले बताए । साधारणसभालाई अध्यक्ष होमराज विष्ट र प्रमुख अथिति होम रानाले संयुक्तरुपमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा विश्व कीर्तिमानी सगरमाथा आरोही स्व .निर्मल पुर्जा र उनका टीमलगायत दिवंगत आत्माहरुप्रति सम्मान गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।

सभाले सदस्य सङ्ख्या बढाउने, १४ फेब्रुअरी २०२७ मा एनडीआईए र एडीएस ड्राइभिङ स्कुलले संयुक्त रुपमा मनोरन्जनात्मक कार्यक्रम आयोजना गरी भ्यालेन्टाइन डे मनाउने भावी योजना पारित गर्‍यो । त्यस्तै हालै नेपालमा गएको बाढीपीडितहरुका लागि आर्थिक सहयोग संकलन अभियान सेप्टेम्बर २० तारिखसम्म जारी राखि नेपाल पठाउने निर्णय पारित गरिएको छ ।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएकी अथिति कलाकार भ्वाइस अफ नेपाल सिजन ७ का विजेता निता थापा मगरले कौडा, झ्याउरे,पञ्चेबाजा, पुर्बेली लोकभाकाअन्तर्गत विभिन्न नेपाली गीतहरु गाएर भेलामा उपस्थित सबैजनालाई बेस्सरी नचाएर भरपुर मनोरन्जन दिलाएका थिए ।

मेजर रिटायर्ड भोलामान राई, एडीएस ड्राइभिङ स्कुल फाउन्डर प्रकाश राहुत, निवर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड तम ढेगा, डिफेन्स ड्राइभिङ इक्जामिनर्सहरु बसन्त गुरुङ, दिपेन्द्र याक्सोको उपस्थिति रहेको थियो ।

होमराज विष्टको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष माधव कार्कीले राखेका थिए । औपचारिक कार्यक्रम महासचिव कृष्ण बस्यालले सन्चालन गरे भने मनोरन्जनात्मक कार्यक्रम सचिव रामचन्द्र (आरसी) गुरुङले सञ्चालन गरेका थिए ।

अन्त्यमा अथिति कलाकार नितालाई खादा ओडाइ पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए । अध्यक्ष विष्टले उपस्थित सबै जनालाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक धन्यवाद दिँदै औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!