घुइँचो बढेपछि नुवाकोटको दुप्चेश्वर मन्दिरको दर्शन समय परिवर्तन, कति बेला पाइन्छ दर्शन ?

SHARE:

नुवाकोट । नुवाकोटको दुप्चेश्वर धाममा भक्तजनको चाप बढ्दै गएपछि मन्दिरलाई थप व्यवस्थित र संरक्षण गर्न दर्शन तथा पूजा–आरतीको समय परिवर्तन गरिएको छ ।

दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार आगामी असोज १ गतेदेखि मुख्य मन्दिरको गेट साँझको आरतीपछि बन्द हुनेछ । गेट भोलिपल्ट बिहान नित्य पूजा सम्पन्न भएपछि मात्र खुल्नेछ । मन्दिरको तल्लो प्रवेशद्वार भने दैनिक बिहान ५ बजे खुल्नेछ।

असोजदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ६:३० बजेसम्म र मध्याह्न ११:३० देखि १२ बजेसम्म नित्य पूजा हुनेछ । भक्तजनका लागि मुख्यद्वार बिहान ६:३० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। साँझ ४:३० बजेपछि पूजा तथा आरतीका लागि मुख्यद्वारबाट प्रवेश बन्द गरिनेछ।

त्यस्तै, चैत १ देखि भदौ मसान्तसम्म बिहान ५:३० देखि ६ बजेसम्म र मध्याह्न ११:३० देखि १२ बजेसम्म नित्य पूजा हुनेछ । यस अवधिमा मुख्यद्वार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म भक्तजनका लागि खुला रहनेछ।

धार्मिक विद्वत् वर्ग तथा धार्मिक–सामाजिक व्यक्तित्वको सुझावका आधारमा दुप्चेश्वर क्षेत्र विकास कोषको भदौ २० गते बसेको बैठकले नयाँ समयतालिका तय गरेको अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!