बाढीमा ज्यान गुमाएका कलाकार तथा प्रभावित परिवारलाई तामाङ कलाकार संघले राहत दिने

SHARE:

काठमाडौं । भदौ २० गते आएको विनाशकारी बाढीमा परी अल्पायुमै ज्यान गुमाएका कलाकार तथा प्रभावित आफन्तहरूलाई नेपाल तामाङ कलाकार संघले राहत हस्तान्तरण गर्ने भएको छ।

नेपाल तामाङ कलाकार संघको आयोजनामा २०८३ भदौ २५ गते बिहीबार राहत हस्तान्तरण कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १ बजे काठमाडौंको किटली कर्न, सिटी स्क्वायर मल, छैटौँ तला, सामाखुसी चोकमा हुने आयोजकले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। सो विपत्तिमा कलाकार तथा उनीहरूका आफन्तसमेत प्रभावित भएका छन्।

यसअघि संघले बाढीपीडित कलाकारका परिवार तथा अति प्रभावित परिवारलाई सहयोग गर्ने घोषणा गरेको थियो। संघले संस्थागत तथा विभिन्न सहयोगीदाताबाट जम्मा भएको ९ लाख रकमबाट राहत सहयोग उपलब्ध गराउने जनाएको छ।

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल तामाङ कलाकार संघले गहिरो दुःख व्यक्त गर्दै बाढीपीडित परिवारलाई ९ लाख रुपैयाँ राहत सहयोग गर्ने भएको छ।

संघले २०८३ भदौ २० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संघका महासचिव खेम मोक्तानद्वारा भदौ २३ गते जारी विज्ञप्तिअनुसार, महाविपत्तिको घडीमा आफ्नो घरपरिवार तथा आफन्तजन गुमाएर पीडामा रहेका परिवारलाई संघका तर्फबाट संस्थागत रूपमा ५० हजार रुपैयाँ राहतस्वरूप सहयोग गर्ने निर्णय गरिएको छ।

त्यसैगरी संघका सम्पूर्ण पदाधिकारी, सल्लाहकार, सदस्य, आजीवन सदस्यलगायत अन्य सहयोगीदाताबाट स्वेच्छिक रूपमा संकलित ८ लाख ५० हजार रुपैयाँ समेत गरी कुल ९ लाख रुपैयाँ राहत रकम संकलन भएको संघले जनाएको छ।

संघले संकलित रकम संस्थाको निर्णयअनुसार प्रभावित कलाकारहरूका परिवार तथा अति प्रभावित परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ। राहत अभियानमा साथ दिई सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताप्रति संघले धन्यवादसमेत व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!