लन्डन । भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनले २५ लाख ७९ हजार रुपैयाँ सहयोग गरिएको छ ।
एनआरएनए बहराइनले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मार्फत २५ लाख ७९ हजार ३२८ रुपैयाँ सहयोग गरेको एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिएका छन् ।
सहयोगी बहराइन एनआरएनएलाई अध्यक्ष डा. शर्मा र कोषाध्यक्ष कृष्णप्रसाद तिम्सिनाले प्रशंसा पत्र प्रदान गर्दै धन्यवाद दिएका छन् । एनआरएनएले नेपालबाट बाढी प्रभावितका लागि ५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । जसमध्ये १ करोड रुपैयाँ यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको छ । सँगै एनआरएनए टोली बाढीबाट बढी प्रभावित रसुवा र नुवाकोटका बस्तीहरुमा पुगेर राहत वितरण गरिरहेको छ ।






