राहत वितरणका लागि एनआरएनए टोली धुन्चेतर्फ [तस्बिरहरु]

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तर्फबाट राहत सामग्रीसहित टोली काठमाडौं–टोखा–नुवाकोटको छहरे हुँदै धुन्चेतर्फ गएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत बाढी तथा पहिरोबाट प्रभावित हाम्रा दाजुभाइ–दिदीबहिनीहरूको वास्तविक अवस्था नजिकबाट बुझ्ने, उहाँहरूसँग प्रत्यक्ष भेट्ने र आवश्यक सहयोग पुर्‍याउने उद्देश्यका साथ यो यात्रा सुरु भएको उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिइन् ।

‘हाम्रो पहिलो गन्तव्य स्याफ्रु तथा ठूलो स्याफ्रु हो । भोलि गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ अन्तर्गत ठूलो स्याफ्रु क्षेत्रमा करिब १५० घरधुरीलाई Hand-to-Hand राहत वितरण गर्ने कार्यक्रम रहेको छ। राहत सामग्री सम्बन्धित परिवारको हातमै पुग्ने गरी प्रत्यक्ष वितरण गर्ने हाम्रो प्रयास रहने छ,’ एनआरएनए सचिवालयको फेसबुक पेजमा लेखिएको छ, ‘यससँगै, प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको वास्तविक अवस्था, क्षतिको प्रकृति, प्रभावित परिवारहरूको आवश्यकता तथा तत्काल र दीर्घकालीन रूपमा आवश्यक पर्ने सहयोगबारे अवलोकन गर्नेछौं ।’

0

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!