काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालको पर्यटनलाई सबैका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् ।
ग्लोबल कम्प्याक्ट नेपाल र बेलायती टेलिभिजन प्रस्तोता, यात्रा लेखक तथा अपांगता अधिकार अभियन्ता सोफी मोर्गनसँग शुक्रबार भएको छलफलमा राजदूत फेनले पहुँचयोग्य पर्यटनबारे कुराकानी गरेका हुन् ।
नेपालको पर्यटनलाई सबैका लागि पहुँचयोग्य बनाउनु समावेशिताको विषय मात्र नभई नयाँ पर्यटकलाई आकर्षित गर्ने र पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अवसर भएको उनले बताएका छन् ।
‘नेपाल खुला छ, सबैका लागि खुला छ’ भन्ने सन्देशसहित उनले नेपाललाई वास्तवमै सबैका लागि पहुँचयोग्य गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् ।






