सञ्चारकर्मीहरु शान्ति गुरुङ र पञ्च सुब्बा गुरुङ पोखरामा पुरस्कृत

SHARE:

पोखरा । सञ्चारकर्मी एवं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक कार्यालय गण्डकी प्रदेश पोखराकी प्रमुख शान्ति गुरुङ र सञ्चारकर्मी पञ्च सुब्बा गुरुङ पुरस्कृत भएका छन् ।

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रममा आइतबार तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्च सुब्बा गुरुङ सम्मानित भएका हुन् । पुरस्कृत दुवैजनालाई प्रमुख अतिथि तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ, पुरस्कार छनोट समिति तथा संस्थापक संयोजक हुमबहादुर गुरुङ, दुर्गा गुरुङ ” मिलन” की आमा तथा मिलन फाउन्डेसन नेपालका संरक्षक सावित्री गुरुङ, पुरस्कार दाता मिना गुरुङ र अध्यक्ष युग गुरुङले जनही २० हजार रुपैयाँसहित सम्मानपत्र, दोसल्ला, फेटा तथा खादाले सम्मान गरेका थिए ।

तमु पत्रकारिता पुरस्कार समाजसेवी तथा संस्थाका पूर्वकेन्द्रीय अध्यक्ष मिना गुरुङ र मिलन पत्रकारिता पुरस्कार मिलन ग्रुप अफ नेपालका संयोजक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले स्थापना गरेका हुन् ।

कार्यक्रममा तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङले विभिन्न संघसंस्था तथा निकायको नेतृत्वमा पुग्न सफल व्यक्तिहरूको पृष्ठभूमि निर्माणमा तमु (गुरुङ) सञ्चारकर्मी संघको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले संघले तमु समुदायका सञ्चारकर्मीलाई संगठित गर्दै पत्रकारिता क्षेत्रमा अघि बढाउन योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।
कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक हुमबहादुर गुरुङले सम्मानित व्यक्तित्वहरूको पत्रकारिता यात्रा तथा योगदानबारे प्रकाश पारेका थिए ।

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाका अध्यक्ष युग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तृष्णा लक्ष्मी गुरुङले स्वागत र उपाध्यक्ष शिला गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!