एनआरएनएको राहत अभियान १८ औँ दिन : कुन-कुन ठाउँमा बाडियो ?

SHARE:

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आइतबार १८ औँ दिनमा पनि निरन्तर जारी रह्यो।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का प्रभावितका लागि राहत हस्तान्तरण
एनआरएनएले गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। एनआरएनएको राहत टोलीले उक्त राहत सामग्री गाउँपालिका–१ का वडा अध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको हो। बाढी प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउने क्रममा बेलायतको लिभरपुलस्थित लिभरपुल नेपाली समाजले समेत आर्थिक सहयोग गरेको थियो। एनआरएनएको पहल तथा समन्वयमा उपलब्ध गराइएको उक्त राहत सामग्री सम्बन्धित प्रभावित परिवारसम्म पुर्‍याई वितरण गर्न स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका राहत सामग्रीमा खाद्यान्नलगायत आवश्यक सामग्रीहरू रहेका छन्। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी उक्त सामग्री सम्बन्धित परिवारसम्म पुर्‍याउने तथा वितरण गर्ने व्यवस्था मिलाउनेछ। राहत वितरणमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष अब्दुल बासिद तथा दोस्रो पुस्ता संयोजक एवं मिस नेपाल २०२६ दिपमाला ढकाल, स्वयंसेवक तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

तुप्चेका १८ परिवारलाई राहत सामग्री वितरण
नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेमा १८ घरपरिवारलाई आवश्यक राहत सामग्री वितरण गरिएको छ। विभिन्न देशमा बस्नु हुने एनआरएनएका पञ्जीकृत सदस्यको १८ घरपरिवारलाई उपाध्यक्षद्वय मनोज गोर्खाली तथा तिलक गैरेको प्रयोजनमा आवश्यक सामग्री वितरण गरिएको हो ।

राहतस्वरूप १८ थान ग्यास सिलिन्डर, १८ थान ग्यास चुलो र १८ थान प्रेसर कुकर वितरण गरिएको छ। बाढीका कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको हो।

स्याफ्रुबेँसी, चिलिमे र बेत्रावतीमा एनआरएनए राहत टोलीको स्थलगत भ्रमण
रसुवामै पछिल्लो ४ दिनदेखि रहेको एनआरएनए पदाधिकारीहरु सहितको राहत टोलीले बाढी–पहिरोबाट प्रभावित स्याफ्रुबेँसी बस्ती, चिलिमे हाइड्रोपावर आसपासका क्षेत्र तथा बेत्रावती क्षेत्रमा स्थलगत भ्रमण गरेको छ। सो क्रममा बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारणसमेत गरिएको थियो। टोलीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ। टोलीले प्रभावित क्षेत्रको वर्तमान अवस्था, बाढी तथा पहिरोबाट भएको क्षति तथा प्रभावित परिवारको तत्कालीन र दीर्घकालीन आवश्यकताबारे स्थलगत रूपमा जानकारी लिएको हो। भ्रमणका क्रममा टोलीले स्थानीय जनप्रतिनिधि, तथा प्रभावितसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै बाढीपछि उत्पन्न समस्या, आवश्यक राहत तथा पुनर्स्थापनाका प्राथमिकताबारे जानकारी संकलन गरेको थियो। स्थलगत अवस्थाको अध्ययन तथा प्रभावित परिवारबाट प्राप्त आवश्यकताका आधारमा आगामी राहत तथा सहयोगका कार्यक्रमलाई थप प्रभावकारी र आवश्यकतामा आधारित बनाइने गैरआवासीय नेपाली संघ सचिवालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!