पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि १३ लाख सहयोग

SHARE:

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले नेपालमा गएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १३ लाख रुपैयाँ सहयोग गरेको छ।

समाजले उक्त रकम तमु धीं यूकेको बाढीपीडित सहयोग अभियानमार्फत नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो। तमु धीं यूकेको मिचेटस्थित भवनमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ, ट्रस्टी तथा वर्तमान अध्यक्ष ज्ञाम गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, सचिव विमल गुरुङलगायतको उपस्थिति थियो।

त्यसैगरी, पञ्चासे हर्पनडाँडा समाज यूकेका अध्यक्ष देवकाजी गुरुङ तथा उहाँकी धर्मपत्नी रील शुभा गुरुङ, उपाध्यक्ष रवि गुरुङ, कोषाध्यक्ष कृष्ण घले, महासचिव प्रकाश गुरुङ तथा श्रीमती सङ्गीना गुरुङ, सल्लाहकार मोन गुरुङ तथा श्रीमती धर्मावती गुरुङको पनि कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा समाजका अध्यक्ष देवकाजी गुरुङले आफूहरू गुरुङ समाजसँग सम्बन्धित भएकाले तमु धीं यूके ठूलो र साझा संस्था भएको बताउँदै बाढीपीडितका लागि संकलित रकम तमु धीं यूकेमार्फत हस्तान्तरण गरिएको जानकारी दिए । उनले आगामी दिनमा थप रकम संकलन भएमा पनि तमु धीं यूकेमार्फत नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तमु धीं यूकेका सचिव बिमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा समाजका महासचिव प्रकाश गुरुङले आफ्नो समाजसँग नजिक रहेका बाढीपीडित ७ परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले जम्मा ३ लाख ५० हजार रुपैयाँ यही सहयोग रकमबाट उपलब्ध गराइदिन अनुरोध गरे ।

तमु धीं यूकेले सञ्चालन गरेको बाढीपीडित सहयोग अभियानमा हातेमालो गर्दै महत्त्वपूर्ण सहयोग गरेकोमा समाजका सम्पूर्ण सदस्यहरूप्रति कार्यक्रममा धन्यवाद व्यक्त गरिएको थियो।

यसैबीच, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ र सचिव बिमल गुरुङसहितको ५ सदस्यीय टोली आगामी २० सेप्टेम्बर २०२६ मा नेपाल जाने भएको छ । टोलीले तमु धीं यूकेमार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोग रकम सम्बन्धित बाढीपीडितसम्म पुर्‍याउने जनाएको छ।

तमु धीं यूकेले यस अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!