बेलायतमा १९ सेप्टेम्बरमा चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शन हुने, छुट्टि मिलाएर उपस्थित हुन निर्माण पक्षको आग्रह

SHARE:

लन्डन । बेलायतमा १९ सेप्टेम्बरमा चलचित्र ‘सैंर्बे म्रु’ (मनको राजा) प्रदर्शन हुने भएको छ ।

चलचित्र मनको राजा यही सेप्टेम्बर १९ मा द प्रिन्सेस हल अल्डरसटमा बेलुका ६ बजेदेखि प्रदर्शन हुने आयोजक एवं तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी दिएका छन् । उक्त चलचित्र प्रदर्शनमा सहभागी हुन निर्माता एवं नायक अमृत गुरुङ र नायिका लक्ष्मी गुरुङ बेलायत आइसकेका छन् ।

सचिव गुरुङले सम्पूर्ण बुबामुमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई समय मिलाइ उक्त चलचित्र हेरिदिनु र साथ सहयोग गरिदिनका लागि अनुरोध गरेका छन् । उनले एभरेस्ट टाइम्ससँग कुराकानीमा भने,’कुनै पनि व्यक्ति घान्द्रुक गएको छैन भने यो ‘सैंर्बे म्रु’चलचित्र हेरेर २५-३० प्रतिशत घान्द्रुक पुगेको महसुस हुन्छ ।’

ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउन्डेशन घान्द्रुकद्वारा निर्मित नेपाली भाषामा रहेको गुरूङ चलचित्र सैंर्बे म्रु (मनको राजा) नेपालका कास्की घान्द्रुक गाउँका आसपास रमणीय स्थानहरु लगायत हिमाली भेगमा छायांकन गरिएको छ । उक्त चलचित्र सुन्दर पर्यटकीय गाउँ घान्द्रुकको प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो । वर्तमान परिवेश, वास्तविक भूगोल, जीवनशैली र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस चलचित्रमार्फत घान्द्रुकको पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयास रहेको निर्माण पक्षले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!