बेलायत सरकार, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूको बीचको वार्ता आगामी डिसेम्बर भित्रमा टुंगो लाग्ने सहमति

SHARE:

बेलायत – आज, सोमबार १४ सेप्टेम्बर २०२६ का दिन बेलायत सरकार, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूबीचको वार्ता नेपाली राजदूतावास, लण्डनमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

उक्त वार्ताअनुसार भूतपूर्व गोर्खाहरूका मागहरू आगामी डिसेम्बरभित्र टुंगोमा पुग्ने ‘जी-टेन’ सदस्य, अनसनकर्ता एवं वार्तामा सहभागी धनबहादुर गुरुङले जानकारी दिएका छन्।

रात्रिभोज हुनुअघि सम्पन्न भएको उक्त वार्तामा बेलायतका भेट्रान्स मन्त्री काल्भिन बेली र उनका सहयोगी, नेपाल मामिला हेर्ने बेलायती संसद्को सर्वदलीय समूहकी अध्यक्ष तथा रक्षा विशेष समितिकी सदस्य एवं सांसद एलेक्स बेकर र उनका सहयोगी, कार्यवाहक राजदूत विपिन दुवाडी, सैनिक सहचारी महासेनानी (ब्रिग्रेडियर जेनेरल) अनुप शाह तथा ‘जी-टेन’ आबद्ध गोर्खा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफल तथा बैठकमा गोर्खा प्रतिनिधिहरूको तर्फबाट अनसनकर्ताहरू पुष्पा राणा, धनबहादुर गुरुङ र ज्ञानराज राई; वार्ता समूहका प्रवक्ता मेजर जुद्धबहादुर गुरुङ; गेसोका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष धर्म तामाङ; बिजीडब्ल्युएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान, जेपी; संयुक्त गोर्खा पूर्वसैनिक संघर्ष समितिका संयोजक मेजर उदयबहादुर गुरुङ, एमबीई; नेसाका अध्यक्ष केशबहादुर गुरुङ तथा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईको सहभागिता रहेको थियो।

बैठकको सुरुमा नेपाल सरकारको तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आरम्भ गरेका थिए भने बेलायत सरकारको तर्फबाट भेट्रान्स मन्त्री काल्भिन बेलीले उपस्थित सम्पूर्णलाई सम्बोधन गरेका थिए।

दुवै पक्षबीचको यो बैठक समस्या समाधानका लागि पूर्ण रूपमा ‘सोलुसन ओरिएन्टेड’ (निकासमुखी) हुने विश्वास लिइएको छ। साथै, यसै वर्षको डिसेम्बरभित्र सबै विषय टुंगोमा पुर्याउने सहमति गर्दै सहभागीहरू रात्रिभोजमा सरिक भएका थिए।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!