लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ बेलायतको लन्डनस्थित गोल्डेन सीप रेस्टुरेन्टले ५ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ ।
च्यारिटीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रेस्टुरेन्टका प्रोपाइटर देव गुरुङले जानकारी दिएका छन् । साउथ ह्यारो टेडर्स एसोसिएसन र गोल्डेनसीप रेस्टुरेन्टको सहकार्यमा गत शुक्रबार साँझ सम्पन्न च्यारिटी डिनरमा २५०० पाउन्ड (करिब ५ लाख रुपैयाँ) संकलन गरिएको थियो ।
कार्यक्रममा लाइभ संगीत, डिनर तथा राफल ड्रको आकर्षक कार्यक्रम राखिएको थियो । कार्यक्रममा पूर्वबेलायती मन्त्री तथा सांसद गरेथ थोमस, स्थानीय मेयर काउन्सिलर योगेश तेली, पूर्वमेयर सलीम चौधरीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाए । कार्यक्रममा विश्लेषक आर.के.त्रिपाठी लगायत विभिन्न नेपाली तथा अन्य समुदायका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।






