बेलायतवासी राजशान्ति दम्पतीले फाउन्डेसनमार्फत बाँडे बाढी प्रभावितलाई राहत

SHARE:

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६ का ५६ परिवारलाई राजशान्ति फाउन्डेसनले राहत सामग्री उपलब्ध गराएको छ।

बाढीका कारण घर तथा सम्पत्ति गुमाएका परिवारलाई लक्षित गरी फाउन्डेसनले खाद्यान्न, स्वास्थ्य तथा महिला स्वास्थ्य सामग्रीसहितको राहत प्याकेज उपलब्ध गराएको हो। प्रत्येक परिवारका लागि एक कार्टुन चाउचाउ, ५ किलो चिउरा, एक प्याकेट चकलेट, एक दर्जन बिस्कुट, १० प्याकेट सेनेटरी प्याड र दुई पत्ता प्यारासिटामोल उपलब्ध गराएको हो ।

लमजुङको भोटेओडार सिउँडीबार घर भइ हाल बेलायतमा बस्दै आएका समाजसेवी राजशान्ति सुनारको नेतृत्वमा राहत सामग्री जुटाइएको हो। 

बाढीका कारण घरबारविहीन परिवारलाई अहिले बसोबास, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव छ। घर, पसल र सम्पत्तिमा क्षति पुगेपछि उनीहरूको जीविकोपार्जनसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।

राहत वितरणमा गल्छी गाउँपालिका–६ का वडा अध्यक्ष दीपक कार्की, स्थानीय समेत रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) संग आवद्ध विक्रम ढकालले सहजीकरण गरेका थिए।

राजकुमार सुनार र उनकी श्रीमती शान्ति सुनारले फाउन्डेसनमार्फत नेपालमा विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आएका छन्। शान्ति सुनारको जन्मदिनको अवसरमा व्यक्तिगत खुसीलाई बाढीपीडितसँग बाँड्ने उद्देश्यले यसपटक राहत सहयोग गरिएको फाउन्डेशनले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!