लन्डन । बेलायतमा रहेका नेपाली व्यवसायी सुजन कटुवाल एमबीईले नेपालका बाढीपीडितका लागि १ करोड ५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
बाढीपछि राहतका लागि सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत ‘गो फन्ड मी’मार्फत तथा अन्य माध्यमबाट संकलित १ करोड ५ लाख ८६ हजार ४११ रुपैयाँ कटुवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कटुवाल बेलायतस्थित पानस गुरखा रेस्टुरेन्ट तथा पानस हेल्पिङ ह्यान्ड्सका संस्थापक हुन् । । उनले बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयको अवस्था र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने तथा दीर्घकालीन सहयोगका सम्भावनाहरू पहिचान गर्ने बताएका छन् ।
कोभिड–१९ महामारीका बेला कटुवाल र पानस टोलीले बेलायतका स्वास्थ्यकर्मी, गोर्खा भूतपूर्व सैनिक, घरबारविहीन तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई २ लाख ५० हजारभन्दा बढी निःशुल्क खाना वितरण गरेका थिए ।






