नेपाल बाढी : सुरुङबाट एकैदिन १० जनाको शव फेला

SHARE:

काठमाडौं । रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी गर्ने क्रममा बुधबार एकै दिन १० जनाको शव फेला परेको छ ।

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलबाट पाँच जनाको शव फेला परेको हो । नेपाली सेना तथा आयोजनाबाट खटिएको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ती शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस नजिक ट्रलीले ब्रेकथ्रु गरेपछि सुरुङभित्रबाट थप पाँच जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

फेला परेका शवको पहिचान खुलाउने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ । सुरुङभित्र बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

१० भदौमा आएको भोटेकोशी बाढीका कारण रसुवासहितका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । त्यसयता सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी राखेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!