लन्डन । सहारा यूकेको आयोजनामा च्यारिटी डिनर नाइट कार्यक्रम आगामी २१ नोभेम्बर २०२६ मा हुने भएको छ।
कार्यक्रम दिउँसो २ बजे (१४:०० बजे) अल्डरसटस्थित एम्पायर हलमा हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार सांस्कृतिक कार्यक्रम, सम्मानलगायत पनि हुनेछन् ।
बेलायतमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा सहारा यूकेका पूर्वअध्यक्ष, सल्लाहकार, शुभचिन्तक, कार्यसमिति पदाधिकारी तथा बेलायतभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।
सहारा यूकेले कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थितिले महत्वपूर्ण योगदान पुग्ने जनाएको छ। उक्त संस्थाले बर्सेनि च्यारिटी डिनर नाइट गर्दै आएको छ ।





