एनआरएनए र मानव अधिकार आयोगबीच सहकार्यबारे छलफल, को को थिए सहभागी ?

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका मुद्दामा आपसी सहकार्य र समन्वय गर्ने विषयमा आज छलफल भएको छ। छलफलका क्रममा सूचना तथा अनुभव आदानप्रदान, दुवै संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको उपयोग तथा मानव अधिकारसम्बन्धी विषयमा संयुक्त रूपमा पैरवी र लबिङ गर्ने सम्भावनाबारे विचारविमर्श गरिएको थियो।

यस्तै, विभिन्न मुलुकमा रहेका नेपाली समुदायसँग मानव अधिकारका विषयमा प्रभावकारी समन्वयका लागि प्रत्येक देशमा फोकल पर्सन तोक्ने सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ। बैठकमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महिला संयोजक रश्मि थापा तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायत सहभागी थिए। राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट माननीय लिली थापा, मनोज दुवाडीलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!