नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवस मनाइयो

SHARE:

कास्की । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा मनाइएको छ ।

हेमबहादुर पुन मगर स्मृति प्रतिष्ठानको आयोजना तथा र नेपाल मगर संघ कास्कीको व्यवस्थापनमा उनको २२ स्मृति दिवस मनाइएको हो । स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मगर जातिलाई राजनीतिक रूपमा अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।

राज्यका हरेक निकायमा मगर जातिको जनसंख्याअनुसार प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उनले अनुहारले मात्रै नभइ सिंगो मगर समुदायको भावना प्रतिनिधित्व हुने गरी अघि बढ्नु पर्ने धारणा व्यक्त गरे । मगर जातिले आफ्नो पहिचानप्रति गौरव गर्नुपर्ने बताउँदै मुख्यमन्त्री थापा मगरले मगर भाषा, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

नेपाल मगर संघको स्थापनाको अगुवाइ गरेर हेमबहादुर पुन मगरले दिएको योगदान नेपालकै लागि उल्लेखनीय र स्मरणीय रहेको उल्लेख गर्दै उनले नेपालको लोकतन्त्र प्राप्तिका लागि समेत उनको थूलो योगदान रहेको बताए । साथै मुख्यमन्त्री थापामगरले हेमबहादुर पुन मगर स्मृति प्रतिष्ठानलाई मगर समुदाय र पोखरामा मात्रै सीमित नराखी देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।

हेमबहादुर पुन मगरका माइला सुपुत्र एवं प्रतिष्ठानका संरक्षक पूर्वमन्त्री उत्तम पुन मगरले हेमबहादुर पुन मगरको योगदानलाई अमर बनाइराख्न प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रतिष्ठानमार्फत हेमबहादुर पुन मगरको योगदानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले दस्तावेजीकरणको कामलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल मगर संघका पूर्वअध्यक्ष महेन्द्र थापा मगरले हेमबहादुर पुन मगरले नेपाली समाजका लागि दिएको योगदानलाई दस्तावेजीकरण गर्न आवश्यक रहेकोमा जोड दिँदै उनको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले विशेष भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा संस्थापक सदस्य राजीव पहारी, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलकप्रसाद पुर्जा पुन मगर, नेपाल मगर संघका केन्द्रीय सचिव तारा माया थापा मगर, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री, नेपाली कम्युनिष्ट पार्टी कास्कीका संयोजक खड्का हमाल, श्रम संस्कृति पार्टी कास्कीका अध्यक्ष देव चोचाङ्गी मगर, क्षत्री समाज नेपाल कास्कीका अध्यक्षलगायतले हेमबहादुर पुन मगरको योगदानका बारेमा चर्चा गरेका थिए ।

उक्त अवसरमा हेमबहादुर पुन मगरको जीवनी पुस्तकका लेखक एवं जातविज्ञ बालासिंह काउछा मगरले हेमबहादुर पुन मगरले नेपाली समाजमा पुर्‍याएको योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

हेमबहादुर पुन मगर स्मृति प्रतिष्ठानकी अध्यक्ष संगीता पुन मगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेपाल मगर संघ कास्कीका सचिव भीमकुमारी पुन मगर पुष्पा र संघका अध्यक्ष तथा प्रतिष्ठानका उपाध्यक्ष रामबहादुर थापा मगरले स्वागत मन्तव्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!