अल्डरसट । नेपालबाट छोटो समयका लागि बेलायत भ्रमणमा आएकी डा. रीता गुरुङलाई अल्डरसटस्थित पानस रेस्टुरेन्टमा एक कार्यक्रमबीच भेटघाट तथा सम्मान गरिएको छ।
डा. गुरुङलाईख रेज अफ होप टिम, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङसहित उनकी धर्मपत्नी तथा अन्य महानुभावहरूले स्वागत सम्मान गरेका हुन् ।
कार्यक्रममा उपस्थित महानुभावहरूले डा. रीता गुरुङलाई सम्मान गर्दै उनीसँग आत्मीय भेटघाट तथा कुराकानी गरेका थिए । छोटो समयका लागि बेलायत भ्रमणमा आएकी डा. गुरुङसँगको भेटघाट र सम्मान कार्यक्रम आत्मीय तथा स्मरणीय बनेको तमु धीं यूकेका सचिव विमल गुरुङले बताए ।
कार्यक्रमले आपसी आत्मीयता, सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाएको जनाइएको छ।










