लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीको जीवनशैली, भोगाइ र परिवेशलाई समेटिएको नयाँ गीत ‘यूके बस्ने ङोलो’ सार्वजनिक भएको छ ।
गीतको अडियो तथा भिडियो दीप गुरुङ अफिसियल युट्युब च्यानलमार्फत १८ सेप्टेम्बर २०२६ मा सार्वजनिक गरिएको हो ।
शीतल गुरुङ र शान्तिश्री परियारको स्वर रहेको गीतमा सीताराम परियारको शब्द तथा शीतल गुरुङकै संगीत रहेको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् भने रेकर्डिस्ट सागर बाजुराली तथा मिक्सिङ–मास्टरिङ खड्ग बाजुरालीले गरेका हुन् । गीतको रेकर्डिङ मालाश्री डिजिटल स्टुडियोमा गरिएको हो ।
म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी दिप गुरुङले गरेका छन् । भिडियोमा आनन्द गुरुङ र दिपशिखा गुरुङको अभिनय रहेको छ ।
हेमा गुरुङले मेकअप तथा पोसाक व्यवस्थापन गरेको भिडियोको सम्पादन तथा कलर पदम सुबेदीले गरेका छन् । छायांकन विजय लामाले गरेका हुन् भने सोनाम लामाले सहायक कोरियोग्राफी गरेका छन् । भिडियोको आईटी सपोर्ट राजकुमार मगरले गरेका छन् ।
गीत तथा भिडियो निर्माणमा संलग्न कलाकार तथा प्राविधिक टोलीले बेलायतमा रहेका नेपाली समुदायको परिवेशलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको जनाएका छन् ।






