पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक, कुन स्रष्टाका कुन पुस्तक ? [विवरणसहित]

SHARE:

लन्डन । प्रत्येक वर्ष प्रदान हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०८१ र २०८२ का लागि उत्कृष्ट कृतिहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ। कोषमा दर्ता भएका कृतिहरूमध्येबाट दुवै वर्षका लागि ८–८ वटा उत्कृष्ट कृति छनोट गरिएको हो।

वि.सं. २०८१ मा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट छनोट गरिएका उत्कृष्ट ८ कृति निम्न छन्—

१. कोइलाखाद — उपन्यास, श्याम सिंघक
२. जब कविता निस्कन्छ जुलुसमा — कविता सङ्ग्रह, सुरज राना
३. डोलीभर्ना — कथा सङ्ग्रह, डा. चित्र माबो
४. दर्ज्यु संलाप — निबन्ध सङ्ग्रह कुमारी लामा
५. नवयुगकी सुम्निमा — कविता सङ्ग्रह, शकुन आँसु
६. रातो नदी — कविता सङ्ग्रह, जुनू राना
७. ल्यान्डस्केपमा झुन्डिएको मौनता — कविता सङ्ग्रह, खुपेन सुनुवार
८. सम्मोहन — कथा सङ्ग्रह, राधिका कल्पित

त्यसैगरी, वि.सं. २०८२ मा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट पनि ८ वटा उत्कृष्ट कृति छनोट गरिएको छ। छनोटमा परेका कृति यसप्रकार छन्—

१. उत्कर्ष — कथा सङ्ग्रह, ललित विष्ट
२. अन्तिम साँझ — कथा सङ्ग्रह, केदार संकेत
३. खुशीको गाउँ — उपन्यास, खगिन्द्रा खुशी
४. तोरकीन — उपन्यास, क्षितिज समर्पण
५. मध्यको उज्यालो — निबन्ध/नियात्रा, भुपिन
६. माइला दमाई — उपन्यास, राज बान्तावा
७. महायुग — उपन्यास, सीमा आभास
८. परिधि — उपन्यास, उमा सुवेदी

यसअघि वि.सं. २०८१ सालको पहिचान सम्मान साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलालाई प्रदान गरिएको थियो। उनलाई नगद ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको थियो।

त्यसैगरी, सोही वर्षको पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’लाई प्रदान गरिएको थियो। उनलाई नगद ५० हजार २०२ र ताम्रपत्रसहित सम्मान गरिएको थियो।

कोषका संस्थापक नरेश काङमाङ राईले वि.सं. २०८१ र २०८२ मा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट एक–एक वटालाई पहिचान पुरस्कार प्रदान गर्ने जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!