काठमाडौं । नेपाल सरकारले बेलायतका लागि गौरवशमशेर जबरा नेपाली राजदूतमा सिफारिस सिफारिस गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले बेलायतसहित भारत, चीन, अमेरिकालगायत देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरू अब संसदीय सुनुवाइ समितिमा जानेछन्। समितिबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो अर्थात् सहमति प्राप्त गर्नुपर्नेछ। त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक प्रक्रिया अघि बढ्नेछ। १३ देशका लागि सिफारिस भएका राजदूतहरू : भारत — निश्चलनाथ पाण्डे चीन — कल्याणराज शर्मा अमेरिका — चिरनजंग थापा बेलायत — गौरवशमशेर जंगबहादुर राणा जापान — जिग्यानकुमार थापा इजरायल — सुरेशकुमार कर्ण स्पेन — प्राप्ति शेरचन जर्मनी — सरू जोशी ओमान — पद्माक्षी राणा मलेसिया — चूडामणि खरेल दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ श्रीलंका — डा. मंचला झा साउदी अरेबिया — गिरीबहादुर सुनार






