बेलायतमा सृजनशील नेपाली समाज यूकेले आयोजना गर्दै ‘नेपाली दोहोरी नाइट’, विष्णु खत्री र मञ्जु बिकको विशेष प्रस्तुति

SHARE:

लन्डन :नेपाली लोकदोहोरीका चर्चित गायक विष्णु खत्री र गायिका मञ्जु बिकको विशेष सांगीतिक प्रस्तुतिसहित बेलायतमा ‘नेपाली दोहोरी नाइट’ आयोजना हुने भएको छ। सृजनशील नेपाली समाज यूकेले यही सेप्टेम्बर २५ मा नेपाली लोकसंगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।

बेलायतको अल्डरसट भिक्टोरिया रोडस्थित डि लाउन्जमा आयोजना हुने कार्यक्रम साँझ ७ बजेदेखि मध्यरातसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा विष्णु खत्री र मञ्जु बिकले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली लोकदोहोरीमा लोकप्रिय यी दुई कलाकारको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

बेलायतमा रहेका नेपाली समुदायलाई नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत नेपाली दोहोरीको मौलिकता र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको प्रवेश शुल्क १० पाउन्ड तोकिएको छ। टिकटबाट संकलित रकम सृजनशील नेपाली समाज यूकेको झोपडी निर्माणका लागि प्रयोग गरिने आयोजकले जनाएको छ।

‘कम्युनिटी टुडे, ब्राइटर टुमोरो’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा बेलायतवासी नेपालीलाई सहभागी भएर विष्णु खत्री र मञ्जु बिकको विशेष सांगीतिक प्रस्तुति अवलोकन गर्न आयोजकले आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!