कोल्चेस्टर नेप्लिज समाजद्वारा बाढीपीडितका लागि साढे नेपाली रुपिया २५ लाखभन्दा बढी रकम सङ्कलन

SHARE:

मेजर उदय गुरुङ – बेलायत

कोल्चेस्टर नेप्लिज समाजले नेपालमा आएको विनाशकारी बाढीका पीडितहरूका लागि नेपाली रुपैयाँ २५ लाखभन्दा बढी (£१२५०० पाउन्ड) पाउन्ड) राहत रकम सङ्कलन गरेको छ। उक्त रकम गो फण्ड र समाजको एकाउन्टमा जामा भएको हो।

गत अगस्ट २६ मा गएको हिमनदी पतन र बाढीपहिरोका कारण रसुवा तथा त्रिशूली किनारका समुदायहरूमा ठूलो धनजनको क्षति पुगेको थियो। यस विपद्बाट प्रभावित परिवारहरूलाई राहत सहयोग जुटाउने उद्देश्यले समाजले यो कोष सङ्कलन अभियान सञ्चालन गरेको हो।

यस विनाशकारी विपदमा हजारौं जनाले ज्यान गुमाएका छन् भने हजारौं मानिसहरू बेपत्ता छन्। त्यस्तै, हजारौं घाइते तथा उपचारको क्रममा छन भने धेरै भौतिक संरचनाहरु धवस्त भएका छन् । पीडित परिवारहरूको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले सङ्कलित रकमबाट घर र जीविकोपार्जन परिवार गुमाएकाहरूलाई बासस्थान, सफा पानी, चिकित्सा सेवा र पुनरुत्थानमा सहयोग पुर्‍याउने लक्ष्य लिइएको समाजले जनाएको छ।

बाढीपीडितहरूलाई सहयोग गर्न इच्छुक महानुभावहरूले ‘GoFundMe’ पेजमार्फत आर्थिक सहयोग गर्न सक्नुहुनेछ भने यो अभियानलाई थप फैलाउनका लागि सम्बन्धित सबैमा सेयर गरिदिनुहुन समेत अनुरोध गरिएको छ।

https://www.gofundme.com/f/nepal-flood-relief-2026-help-the-communities-of-rasuwa?attribution_id=sl:b674ce0d-56ae-45fc-8a8d-52178e8280a3&lang=en_GB&ts=1789719386&utm_campaign=fp_sharesheet&utm_content=amp30-treatment-8&utm_medium=customer&utm_source=messenger

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!