पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनबाट रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
अधिवेशनले अध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष रोशनी गुरुङ
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सह–कोषाध्यक्षमा प्रतिमा गुरुङ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ र प्रेमबहादुर गुरुङ चयन भएका छन्। कार्यसमितिका बाँकी दुई सदस्य भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष रोशनी गुरुङसहित सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
गुरुङ भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको गुरुङ साहित्यिक मञ्चले आगामी कार्यकालमा पनि साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







