तमु धिं नेपालको पदाधिकारी निर्विरोध, अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ

SHARE:

पोखरा। तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी ३ वर्षका लागि पदाधिकारी निर्विरोध निर्वाचित भएको छ। तमु धिं नेपालको असोज ९ र १० गते पोखरामा हुनगइरहेको ४२ वार्षिक साधारणसभा तथा १७ औं महाधिवेशनबाट आगामी नेतृत्वका लागि गठित निर्वाचन समितिको कार्यतालिका अनुसार शनिवार पदाधिकारीहरुका लागि मनोनयनका लागि एकल उम्मेदवारी दर्ता पश्चात निर्विरोध निर्वाचित भएको हो। तथापि निर्वाचन समितिले निर्वाचित भएको असोज ९ गते घोषणा गर्ने प्रमुख निर्वाचन अधिकृत एवम तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले बताएका छन् ।

असोज ३ गते शनिवार पदाधिकारीका लागि मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम अन्र्तगत तमु धिं नेपालको अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ,प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्धितिय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्ष जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङको एकल मनोनयन पश्चात निर्विरोध निर्वाचित भएको हो।

 

कास्की जिल्ला मादी गाउपालिका वडा नं. २ ताङतिङ गाँउ भई भारतीय सेनाबाट सुवेदार मेजर दर्जामा सेवा निवृत्त श्रीप्रसाद गुरुङ तमु धिं नेपालको वर्तमान वरिष्ठ उपाध्यक्ष, यस पुर्व दुई कार्यकाल कोषाध्यक्ष, केन्द्रिय सदस्य, साथै ताङतिङ दुधपोखरी तमु समाज पोखराको सफल नेतृत्व गरिसकेका छन्।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले लगातार दुई कार्यकाल अध्यक्ष पश्चात अग्रज, अनुभवी सुवेदार मेजर गुरुङलाई जिम्मेवारी हस्तान्तरण गर्ने र अन्य पदाधिकारीमा सर्वसहमतिका लागि पटक पटकको पहलबाट संभव भएको हो।

२०४२ साल जेठ ५ गते स्थापना भएको तमु धिं नेपालको १७ महाधिवेशन सम्पन्न गर्न संस्थापक उपाध्यक्ष शंकर गुरुङ प्रमुख निर्वाचन अधिकृत, पुर्व उपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पुर्व महासचिव रुद्रकुमारी गुरुङ मैना, संरक्षक परिषदको सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्या.चन्द्रप्रसाद गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!