पोखरा । गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन्।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित अध्यक्ष इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् ।
महाधिवेशनबाट संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङ निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा बिबर गुरुङ, किरण गुरुङ, रामबहादुर गुरुङ र बेदबहादुर गुरुङ (विवेक) निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष चित्र सोल्टी गुरुङ






