तमु धीं यूकेले बाढीपीडितका लागि सहयोग रकम १ करोड ११ लाख पुर्‍याउने, अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली नेपाल जाँदै

SHARE:

लन्डन । रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बेलायतमा संकलित ठूलो सहयोग रकम लिएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली नेपाल जाँदैछ । उनीसँगै उनकी श्रीमती तथा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ नेपाल जाँदै छन् ।

तमु धीं यूकेले आयोजना गरेको १७औँ नेपाली मेलाबाट बचत भएको रकम, मेलाका क्रममा बाढीपीडितका लागि संकलन गरिएको सहयोग तथा बेलायतमा रहेका नेपाली समुदायबाट प्राप्त थप सहयोगलाई एकीकृत गरी नेपालका बाढीपीडितलाई हस्तान्तरण गर्न लागेको हो । तमु धीं यूकेले सुरुमा बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। अभियानमा थप रकम जुटेपछि उक्त सहयोग रकम बढाएर नेपालका बाढीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो।

फालेलुङ टीभीसँग कुरा गर्दै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सुरुमा घोषणा गरिएको रकममा थप सहयोग जुटेकाले बढेको रकमसहित नेपाल आएर बाढीपीडितका लागि हस्तान्तरण गर्ने जानकारी दिए ।

तमु धीं यूकेले नेपाली मेलालाई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक तथा मानवीय सेवासँग जोड्दै आएको छ। यस वर्ष बाढी तथा पहिरोबाट प्रभावित नेपालीका लागि सहयोग जुटाउने अभियानलाई समेत मेलासँग जोडिएको थियो।

मेलाबाट बचत हुने रकमसँगै मेलाका क्रममा संकलित सहयोग र बेलायतमा रहेका विभिन्न व्यक्ति, शाखा, आमा समूह तथा संघसंस्थाबाट प्राप्त रकमलाई बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ।

बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको छ। विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् भने तमु धीं यूकेका विभिन्न शाखा र आमा समूहले पनि अभियानमा योगदान दिएका छन्।

अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले नेपाल पुगेपछि संकलित सहयोग रकम हस्तान्तरण गर्नुका साथै बाढी प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!