बेलायतमा २७ सेप्टेम्बरमा दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल हुने, २० भन्दा बढी चलचित्र देखाइने

SHARE:

लन्डन । नेपालका आदिवासी समुदायको संस्कृति, भाषा, परम्परा, पहिचान र जीवनशैलीलाई चलचित्रमार्फत विश्वमाझ प्रस्तुत गर्ने उद्देश्यसहित दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल–२०२६, यूके आयोजना हुने भएको छ।

नेपाल इन्डिजिनस फिल्म फेस्टिभल (एनआईएफएफ) यूकेको आयोजनामा २७ सेप्टेम्बर २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर हल मा फिल्म फेस्टिभल आयोजना हुन लागेको हो । फेस्टिभलअन्तर्गत बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म चलचित्र प्रदर्शन गरिनेछ। त्यसपछि दिउँसो ३ देखि बेलुका ८ बजेसम्म पुरस्कार वितरण समारोह आयोजना हुनेछ भने राति ८ देखि १० सम्म रात्रिभोजको कार्यक्रम राखिएको छ।

फेस्टिभलमा नेपाल तथा नेपाली आदिवासी समुदायसँग सम्बन्धित विभिन्न विषयवस्तुमा निर्माण भएका २० भन्दा बढी चलचित्र तथा फिल्महरू प्रदर्शन गरिनेछ। आयोजकका अनुसार आदिवासी समुदायको मौलिक संस्कृति, पहिचान, भाषा, इतिहास, परम्परा तथा सामाजिक जीवनलाई चलचित्रका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले विभिन्न विषयवस्तु समेटिएका चलचित्रहरू प्रदर्शनमा राखिनेछन्।

फेस्टिभलको फेस्टिभल सोकेस अन्तर्गत द डिभाइन मिराकल, ट्यान्टिक, इनोसेन्ट बफेलो, नुमाहाङ्मा लगायतका चलचित्रहरू समावेश गरिएको छ।

चलचित्रका माध्यमबाट आदिवासी समुदायका कथा, संस्कृति र पहिचानलाई संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्य फेस्टिभलले राखेको छ। विशेषगरी नेपालमा रहेका तथा बेलायतमा बसोबास गर्ने नेपाली आदिवासी समुदायबीच सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा समेत फेस्टिभललाई लिइएको छ।

कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायसँगै चलचित्रप्रेमी, कलाकार, निर्माता, निर्देशक तथा विभिन्न सांस्कृतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

फेस्टिभलसँग सम्बन्धित पोस्टरमा विभिन्न संघसंस्थाको सहयोग तथा सहकार्य रहेको उल्लेख गरिएको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!