तमु धीं यूकेको टोलीले भेट्यो रास्वपा सभापति रवि लामिछानेलाई

SHARE:

काठमाडौं । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेको छ ।

तमु धीं यूकेको टोलीले मंगलबार सभापति लामिछानेलाई भेटेको हो । भेटमा तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले तमु धीं यूकेले गर्दै आएको गतिविधि र अध्यक्ष जुमकाजी गुरुङले समसामयिक विषयवस्तुबारे जानकारी गराएका थिए । लामिछानेसँगको भेटमा अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ तथा आमा समूहकी अध्यक्ष कमला देवी गुरुङलगायत उपस्थित थिए ।

तमु धीं यूकेको टोली भोटेकोशी बाढीपीडितका लागि राहत रकम हस्तान्तरण र राहत वितरणका लागि सोमबार नेपाल पुगेको हो । तमु धीं यूकेको टोलीले सोमबार साँझ नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेट गरेको थियो । टोलीले नागरिकता निरन्तरताको माग उठाएको थियो । तमु धीं यूकेको माग सुनुवाइ गर्दै गृहमन्त्री गुरुङले कार्यदल निर्माणका लागि मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।

तमु धीं यूकेको टोली १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँ संकलित राहत रकम हस्तान्तरण तथा वितरण गर्दैछ । उक्त रकममध्ये १ करोड ११ लाख १११ रुपैयाँ नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने बाँकी २० लाख रुपैयाँ प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्र रसुवामा पुगेर वितरण गरिने जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!