क्विन्स गोर्खा इन्जिनियर्सको जन्मोत्सवमा फानबोरोमा नेपाली सांगीतिक धमाका, तीन कलाकारले प्रस्तुति दिने

SHARE:

लन्डन। क्विन्स गोर्खा इन्जिनियर्सको जन्मोत्सवको अवसरमा बेलायतको फानबोरोमा विशेष नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। यही सेप्टेम्बर २६ गते शनिबार फानबोरोस्थित स्यामुयल हलमा हुने कार्यक्रममा लोकदोहोरी गायिका शर्मिला गुरुङ ‘सरु’, गायिका प्रिया गुरुङ र मञ्जु बिकले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्।

क्विन्स गोर्खा इन्जिनियर्सको जन्मोत्सवलाई विशेष रूपमा मनाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा नेपाली मौलिक गीत–संगीत, लोकदोहोरी तथा सांस्कृतिक प्रस्तुतिसहित मनोरञ्जनात्मक कार्यक्रम रहने आयोजकले जनाएको छ।

कार्यक्रममा शर्मिला गुरुङ ‘सरु’ले लोकदोहोरी प्रस्तुति दिनेछिन् भने प्रिया गुरुङ र मञ्जु बिकले पनि आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

गोर्खा इन्जिनियर्सको जन्मोत्सवसँगै बेलायतमा नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदाय, गोर्खा परिवार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले यही सेप्टेम्बर २६ गते शनिबार फानबोरोस्थित स्यामुयल हलमा हुने कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!