काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । ४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा सहभागी हुन अमेरिका गएका हुन् ।
प्रधानमन्त्री शाहले महासभालाई आगामी ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा सहभागी हुन यसअघि नै ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।






