भूतपूर्व सैनिकद्वारा भोटेकोशी बाढी पीडितका लागि २४ लाख बढी सहयोग

SHARE:

कास्की । भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि २४ लाख ३३ हजार ९५२ रुपैयाँ सहयोग गरेको छ ।

गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर मंगलबार भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो ।

रसुवा–भोटेकोशीमा गएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सो सहयोग गरिएको भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पोखरामा रहेका विभिन्न पल्टनका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा सहभागी भूतपूर्व सैनिकले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकबाट रकम सङ्कलन गरेका थिए ।

नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकले विपद्का समयमा सञ्चालन गर्दै आएको सहयोग अभियानअन्तर्गत हालसम्म रु दुई करोडभन्दा बढी रकम कोषमा जम्मा गरिसकेको गोरखा ब्रिगेड जनाएको छ ।

अध्यक्ष खत्रीले विपद्का समयमा भारतीय भूतपूर्व सैनिक एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!