काठमाडौं । नेपालमा सात विदेशीसहित १३ यात्रु सवार जहाजको टायर फुत्किएको छ ।
बाँकेको नेपालगन्ज विमानस्थलबाट १३ जना यात्रु लिएर गएको सीता एयरको नाइ–एन-एजेएच कलसाइन भएको जहाज बिहीबार बिहान ८ बजेर २५ मिनेटमा डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको हो ।
टायर फुत्किए पनि अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको विमानस्थल सुरक्षा पोस्टले जनाएको छ । जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । आजै हेलिकप्टरबाट प्राविधिक झिकाएर मर्मतको तयारी भइरहेको जनाइएको छ ।






