डा. विशाल गुरुङ
हिजोसम्म यहाँ घर थिए,
हाँसो थियो, परिवार थियो, सपना थियो…
आज तिनै सपनाका भग्नावशेषमाथि
मानिसहरू आफ्नो हिजो खोज्दै हिँडिरहेका छन्।
हिजो रसुवा पुगेँ,
बाढीले घर मात्रै बगाएको रहेनछ,
कसैको सपना, कसैको जीवनभरको कमाइ,
कसैको सिंगो संसार नै बगाएको रहेछ।
भत्किएका घरहरू हेर्दै गर्दा
मन थाम्न खोजेँ, आँखा रोक्न खोजेँ…
तर आँसु रोकिएन।
खोला त बगेर गयो,
तर उसले छोडेका घाउहरू अझै बगिरहेका छन्;
मानिसका आँखाबाट।
तर आशा अझै बाँकी छ—
घर फेरि बन्नेछन्, सपना फेरि उम्रिनेछन्।
रसुवा फेरि उठ्नेछ।
पीडा उनीहरूको होला, तर आँसु हामी सबैको हो।
हामी सबै नेपालीहरू रोएका छौं,
तर हिम्मत हारेका छैनौं।
— फेसबुकबाट साभार






