पञ्चासे हर्पनडाँडा समाज यूकेलगायतबाट तमु धीं यूकेको कोषमा जम्मा भएको रकम बाढीपीडितलाई हस्तान्तरण

SHARE:

काठमाडौं । तमु धीं यूकेले बिहीबार आयोजित एक कार्यक्रमबीच ७ बाढी पीडित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरेको छ।

पञ्चासे हर्पनडाँडा समाज यूकेका महासचिव प्रकाश गुरुङको नेतृत्वमा १३ लाख रकम तमु धीं यूकेले संकलन गरेको राहत कोषमा जम्मा गरिएको थियो। उक्त रकममध्ये फ्लाई एभरेस्ट होलिडेज प्रा.लि.का ७ जना बाढी पीडित परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउन तमु धीं यूकेलाई अनुरोध गरिएको थियो।

त्यसैगरी, सुष्मा गुरुङको अगुवाइमा कैलाश टुर टिम २०२४ ले पनि ७ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिदिन अनुरोध गरेको थियो। कार्यक्रममा तमु धीं यूकेले आफ्नो तर्फबाट पनि प्रतिपरिवार २५ हजार रुपैयाँका दरले थप सहयोग गरी ७ परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरेको तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी दिए ।

तमु धीँ यूकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा प्रमुख कमला देवी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव बिमल गुरुङ तथा तमु धीं यूकेका नेपाल संयोजक विजय गुरुङलगायतको उपस्थिति रहेको थियो।

राहत वितरण कार्यक्रमको समापन गर्दै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले बेलायतवासी सम्पूर्ण नेपालीहरू पीडित परिवारको दुःखमा दुःखी रहेको बताउँदै आगामी दिनमा पनि विभिन्न क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।उनले पीडित परिवारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबै सहयोगी संस्था, समूह तथा व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!