तमु धिं नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रीप्रसाद गुरुङ

SHARE:

पोखरा । तमु धिं नेपालको अध्यक्षमा सुबेदार मेजर श्रीप्रसाद गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

तमु धिं नेपालको असोज ९ गते सम्पन्न ४२ औँ वार्षिक साधारणसभा तथा १७ औँ महाधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षसहित सम्पूर्ण पदाधिकारीका लागि एकल उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत भएको निर्वाचन मण्डलका संयोजक शंकर गुरुङले जानकारी दिए।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङ निर्वाचित भएका छन् । सदस्यहरु पछि चयन गरिने छ ।

महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य बिना गुरुङले आगामी निर्वाचनमा गुरुङ समुदायको सक्रिय सहभागिता र अग्रसरता आवश्यक रहेको बताइन् । उनले भोटेकोशी बाढीपीडितका लागि तमु धिं नेपालको अगुवाइमा उल्लेख्य राहत रकम संकलन तथा सहयोग गरिएकोमा प्रशंसा गरिन् ।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङले कार्यसमिति बीचको राम्रो सम्बन्ध, समन्वय र सहकार्यले मात्रै संस्था सफलतापूर्वक अघि बढ्न सक्ने बताइन् ।

तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर गुरुङले तमु धिंसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउँदै सामाजिक, भौतिक तथा सांगठनिक संरचना निर्माणमा संस्था थप सक्रिय हुनुपर्नेमा जोड दिए।

बौद्ध अर्घौँ सदनका अध्यक्ष रुद्रबहादुर गुरुङले संस्था स्थापना गर्नसमेत कठिन रहेको तत्कालीन समयमा कर्म गुरुङले तमु धिं स्थापना गरी वर्तमान अवस्थासम्म ल्याउनु महत्वपूर्ण योगदान भएको बताए ।

संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार शंकर गुरुङले तमुहरूबीच एकता कायम गर्दै सामाजिक तथा धार्मिक संघसंस्थामा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायणसिंह गुरुङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ दलबहादुर गुरुङ तथा पोखरामा सम्पन्न राष्ट्रिय हप्किडो च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरेकी मेग्मा गुरुङलाई सम्मान गरिएको थियो।

तमु धिं नेपालका संरक्षक सदस्य रहेका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङले पोखराको शैक्षिक विकासमा स्वर्गीय मेजर वीरसिंह गुरुङको योगदान स्मरण गर्दै तमु धिं नेपालको विकासमा संस्थापक अध्यक्ष कर्म गुरुङ र हुम बहादुर गुरुङको महत्वपूर्ण भूमिका रहेको बताए ।

तमु धिं नेपालका निवर्तमान अध्यक्ष हुमबहादुर गुरुङले नयाँ कार्यसमितिले युवा, विद्यार्थी र महिलालाई समेट्दै बाँकी कार्ययोजना पूरा गर्न तथा तमु एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।

महाधिवेशनमा महासचिव जुना गुरुङले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गमबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

खिमा गुरुङको सहयोगमा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!