तमु धीं यूके र कान्तिपुर डेन्टलबीच सहकार्यको प्रयास

SHARE:

काठमाडौं । कान्तिपुर डेन्टलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.बुद्धिमान श्रेष्ठले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीसँग भेटघाट गरी स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहकार्यका विषयमा छलफल गरेका छन्।

विशेष भेटघाटका क्रममा डा.श्रेष्ठले कान्तिपुर डेन्टल, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका गतिविधिबारे तमु धीं यूकेको टोलीलाई जानकारी गराएका थिए। उनले संस्थाले उपचार सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

डा.श्रेष्ठका अनुसार कान्तिपुर डेन्टलले आर्थिक अवस्था कमजोर भएका तथा उपचारको पहुँचबाट टाढा रहेका धेरै व्यक्तिलाई निःशुल्क दन्त उपचार सेवा उपलब्ध गराउँदै आएको छ। सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएको योगदानलाई आगामी दिनमा थप विस्तार गर्ने उद्देश्य रहेको उनले बताए।

भेटघाटमा तमु धीं यूकेका सचिव बिमल गुरुङले संस्थाले बेलायतमा गर्दै आएको सामाजिक, शैक्षिक तथा खेलकुद गतिविधिबारे जानकारी गराए। उनले बेलायतमा नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा तमु धीं यूकेले गर्दै आएको भूमिकाबारे पनि जानकारी दिए।

गुरुङले तमु धीं यूकेले शिक्षा क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। उनका अनुसार संस्थाले हालसम्म १५० जनाभन्दा बढी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ। यसका साथै धादिङमा विद्यालय निर्माण तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए।

स्वास्थ्य क्षेत्रमा पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै गुरुङले डा. विशालको पहलमा हरेक दुई वर्षमा सञ्चालन हुँदै आएको निःशुल्क आँखा शिविरबारे जानकारी गराएका थिए।

भेटघाटका क्रममा तमु धीं यूकेले स्वास्थ्य क्षेत्रलाई आगामी दिनमा थप प्राथमिकता दिने बताउँदै नेपालका विभिन्न स्थानमा दन्त शिविर सञ्चालन गर्न कान्तिपुर डेन्टलसँग सहकार्य गर्न सकिने प्रस्ताव राखेको थियो।

नेपालमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्न आएको तमु धीं यूकेको टोली र कान्तिपुर डेन्टलका वरिष्ठ चिकित्सक तथा विभिन्न विभागका प्रमुखबीच भएको छलफलमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सम्भावनाबारे समेत छलफल भएको थियो।

दुवै पक्षबीच भएको भेटघाटलाई आगामी दिनमा समुदायको स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा सहकार्य विस्तार गर्ने आधारका रूपमा लिइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!