काठमाडौं । काठमाडौं महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा छुटेका छन् ।
उनलाई आफन्तीको जिम्मा लगाएर पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाको छ । आइतबार बिहान करिब ३ बजे जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको छैन ।






