काव्य–सन्ध्या’मा आठ जना कविहरुले गरे सिर्जना वाचन

SHARE:

लन्डन । बेलायतमा २६ सेप्टेम्बरमा आयोजित ‘काव्य–सन्ध्या’मा आठ जना कविहरुले आफ्ना सिर्जना वाचन गरेका छन् ।

साहित्य संगालोको आयोजना र साहित्यकार केदार संकेतको संयोजनमा भएको कार्यक्रममा डा.दुत पुन ‘चिम्खोले काइँला’, डा. मूलीवीर राई, विजय हितान, आरएल श्रमजीवी, राज श्रेष्ठ, शशी थापा सुब्बा, डा. मुकुल दाहाल र जयालक्ष्मी राईले ३/३ वटा कविता वाचन गरे । अल्डरसटस्थित सुसी मोटोमा भएको कार्यक्रममा साहित्यप्रेमीहरुको उल्लेख्य जमघट थियो ।

वाचन भएका कविताहरूपछि साहित्य सङ्गालो डटकम नामक साहित्यिक अनलाइनमा प्रकाशितसमेत गरिने जनाइएको छ । बेलायतमा नेपाली साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘साहित्य सङ्गालो’ परिवारको संयोजनमा तेस्रो शृङ्खलाअन्तर्गत ‘काव्य–सन्ध्या’ आयोजना हुँदै आएको छ ।

‘साहित्य सङ्गालो’ परिवारले बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै साहित्यकारबीचको भेटघाट र सिर्जनात्मक आदानप्रदानलाई निरन्तरता दिँदै आएको छ ।

कार्यक्रमको अन्त्यमा संयोजक संकेतले कार्यक्रम सफल पारिदिनु भएकोमा आमन्त्रित कविहरु र उपस्थित सम्पूर्ण साहित्यिक मनहरुलाई धन्यवाद दिएका छन् भने कार्यक्रम नरेश काङमाङ राईले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!