बेलायतमा अक्टोबर ४ मा नेपाली चलचित्र ‘जुनकिरी’ को विशेष प्रदर्शन हुँदै

SHARE:

लन्डन । नेपाली कला, संस्कृति, भाषा तथा चलचित्रलाई बेलायतको बहुसांस्कृतिक समुदायमाझ परिचित गराउने उद्देश्यले नेपाली कथानक चलचित्र ‘जुनकिरी’ को विशेष प्रदर्शन हुने भएको छ ।

दीप फिल्म्स प्रोडक्सन ग्रुप प्रालिको प्रस्तुति तथा जुनकिरी टिमको आयोजनामा चलचित्रको यूके स्पेसल ग्रान्ड प्रिमियर आगामी अक्टोबर ४, आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुन लागेको हो । चलचित्रको प्रदर्शन दिउँसो ४ बजे सुरु हुनेछ ।

नेपाली चलचित्रले समाज, संस्कृति, मौलिकता, भावना र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने महत्वपूर्ण माध्यमका रूपमा भूमिका खेल्दै आएको छ । यही उद्देश्यसहित ‘जुनकिरी’ लाई बेलायतमा विशेष प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।

विशेष प्रदर्शनमा उपस्थितिका साथै आर्थिक सहयोगका लागि पनि आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेको छ । दर्शक तथा शुभेच्छुकहरूको साथ र सहयोगले नेपाली चलचित्रकर्मी, कलाकार तथा सर्जकलाई थप उत्साह र प्रेरणा मिल्ने आयोजकको विश्वास छ ।

चलचित्रका निर्देशक तथा निर्माता दीप गुरुङले नेपाली चलचित्रलाई बेलायतको बहुसांस्कृतिक समुदायमाझ पुर्‍याउने प्रयासमा सबैको साथ र सहयोग अपेक्षा गरिएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!