गैरआवासीय नेपाली संघ र पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

सोमबार २८ सेप्टेम्बरमा एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रमा संघको तर्फबाट हालसम्म चालिएका राहत तथा उद्धारका कदमबारे जानकारी गराउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सो अवसरमा संयोजक प्रचण्डले संकटको समयमा एनआरएनएले पुर्‍याउने मानवीय सहायताको उच्च प्रशंसा गर्नुभएको छ।

भेटका क्रममा विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि वंशजको नागरिकताको निरन्तरता अपरिहार्य रहेको विषयलाई प्रतिनिधिमण्डलले जोडदार रूपमा उठाएको थियो। जवाफमा सकारात्मक प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले गैरआवासीय नेपालीहरूको वंशजको नागरिकताको मुद्दामा आफू सुरुवाती दिनदेखि नै सकारात्मक रहेको स्पष्ट पार्नुभयो। संयोजक प्रचण्डले यससम्बन्धी व्यवस्था गर्दा राजनीतिक बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू सुनिश्चित गर्न सकिने विषयमा आफू स्पष्ट रहेको बताउँदै नेपाली मूलका नागरिकहरूको पहिचान स्थापित गर्न नीतिगत तहमा आवश्यक पहल गर्ने दृढ आश्वासन दिनुभएको छ।

साथै, विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई मातृभूमिमा भित्र्याउन नागरिकताको निरन्तरताले थप उत्साह थप्नुका साथै कानुनी बाटो खोल्ने उल्लेख गर्दै उहाँले यसलाई आगामी दिनमा अन्य राजनीतिक दलहरूसँगको संवादमार्फत निष्कर्षमा पुर्‍याउने बताउनुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!