नेपालका प्रधानसेनापति सिग्देल बेलायत आउँदै, ब्रिटिस समकक्षीसँग भेटवार्ता हुने

SHARE:

लन्डन । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सातदिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत आउँदै छन् । बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल बेलायत आउन लागेका हुन् ।

भ्रमणका क्रममा सिग्देलले बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनले बेलायती प्रधानसेनापति रोली वाकरसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो बेलायत भ्रमण हो । उनी ९ सेप्टेम्बर २०२४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । सातदिने भ्रमण पूरा गरेर उनी अक्टोबर ११ मा नेपाल फर्कनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!