लन्डनका उद्यमी लामिछानेको फाउण्डेशनद्वारा बाढीपीडितलाई ५१ हजार ७ सय २७ पाउन्ड सहयोग

SHARE:

लन्डन । लन्डनका फेसन उद्यमी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको ‘द लामिछाने फाउण्डेशन’ ले भोटेकोशी बाढी पीडितका लागि५१ हजार ७ सय २७ पाउन्ड सहयोग गरेको छ ।

बेलायतस्थित च्यारिटी कमिशनमा दर्ता भएको द लामिछाने फाउण्डेशनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा उक्त रकम जम्मा गरेको हो । बिहीबार दूतावासमा आयोजित समारोहमा व्यवसायी तथा समाजसेवी लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गरे । दूतावासले सो रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पठाइने जनाएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा सांसद विदुषी राणाले बाढी पीडितलाई सहयोग गरेकामा व्यवसायी लामिछानेप्रति आभार व्यक्त गर्दै नेपालले पुनस्थापना र पुनर्निर्माणमा लामिछाने जस्ता ह्दय भएका प्रवासी नेपालीको साथ सहयोग खोजिरहेको बताइन् ।विपदपछि बेलायतसहित संसारभरि रहेका नेपालीले मन खोलेर सहयोग गरेको उनको भनाइ थियो ।

सांसद राणाले आफ्नो बेलायत भ्रमणका क्रममा भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन ब्रिटिश राजनीतिज्ञलाई भेटेर सहयोग आह्वान गरेको पनि जनाइन् । नेपालको जिडिपीको करिब १० प्रतिशत रकम पुनर्निर्माणमा खर्चनु पर्ने भएकाले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा झण्डै ५० वर्ष बेलायतमा सक्रिय राजनीति गरेका पूर्व सांसद बिरेन्द्र शर्माले व्यवसायी लामिछानेलाई आफूले लामो समयदेखि चिनेको स्मरण गर्दै नेपाललाई अप्ठ्यारो परेका बेला सहयोगमात्र होइन्, बेलायत नेपाल सम्बन्ध अभिवृद्धिमा समेत लामिछानेले उल्लेख्य योगदान गरेको बताए । लामिछानेले दुई देशको व्यापार र राजनीतिक सम्बन्ध जोड्ने काम गर्दै आएको पनि शर्माले बताए ।

कार्यवाहक राजदूत विपिन दुवाडीले सहयोग ग्रहण गर्दै द लामिछाने फाउण्डेशनप्रति कृतज्ञता व्यक्त गरे । व्यवसायी लामिछानेले महाभूकम्प र कोभिड महामारीका बेला समेत नेपालमा उल्लेख्य सहयोग गरेको बताउंदै दुवाडीले नेपाल सरकार अब उद्धारपछि पुनस्थापना र पुनर्निर्माणमा केन्द्रित रहेको जनाए ।

कार्यक्रममा विगत तीन दशकदेखि बेलायतमा फेसन व्यवसाय सञ्चालन गर्दै आएका जिनी लन्डन र रवि फेमस लिमिटेडका सिइओ तथा संस्थापक लामिछानेले देशमा आपतविपत पर्दा सहयोग गर्नु आफ्नो मुख्य दायित्व भएको उल्लेख गरे ।

‘मलाई देशको माया छ । जब त्यहां विपत्ति आइलाग्छ, म टुलुटुलु हेरेर बस्न सक्दिन’, उनले भने, ‘यसपटक पनि बाढीको वितण्डाले मन क्षतविक्षत पारिरहंदा सहयोग जुटाउन लागें ।’

लामिछानेले आफ्नो फाउण्डेशनलाई सहयोग गर्ने सम्पूर्ण दाताप्रति धन्यवाद समेत व्यक्त गरे ।

ब्रिटिश सेनाको उच्च तह लेफ्टीनेन्ट कर्णेलबाट अवकासप्राप्त भूतपूर्व गोर्खा टोल खाम्चा मगरले लामिछानेको व्यवसायिक सफलता तथा सामाजिक कार्य सबैका लागि प्रेरणादायी भएको बताए ।

नेपाली समुदायका अग्रज महन्त श्रेष्ठ ‘ओबीई’ ले लामिछाने च्यारिटी काममा सधैं अग्रसर भएर आफूलाई पनि प्रोत्साहित गर्ने गरेको स्मरण गरे।

सो अवसरमा फाउण्डेशनको बोर्ड अफ ट्रष्टीजद्वय लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्था स्थापनाको उद्देश्य र भावी कार्यक्रमबारे अवगत गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!