पोखरा । ५ फिट ४ इन्च उचाई, गोरो वर्ण चञ्चले स्वभावकी मोडल सुमन गुरुङ भरतपुर–१ चितवनकी स्थायी बासिन्दा हुन् । सुरेशकुमार गुरुङ र सीतादेवी गुरुङको कोखबाट २०५५ मंसिरमा भारतको अगरतलामा जन्मिएकी सुमन नाच्न, अभिनय गर्न, उद्घोषण र विभिन्न कलाकात्मक तथा सिर्जनात्मक काम गर्न मन पराउँछिन् । स्नातक चौथो वर्षमा अध्ययनरत सुमनले मिस सीएलसी नेपाल, मिस तमुस्यो नेपाललगायत विभिन्न सौन्दर्य प्रतियोगितामा मिस वेस्ट स्माइल, जक्सन डटकम मिस पपुलर टाइटल जितेकी छन् । पछिल्लो समय ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी सुमन ‘Done Misic’ भिडियोमार्फत आफूलाई चिनाएकी छिन् ।
उनी ऐतिहासिक गुरुङ कथानक चलचित्र मिं न्होर्बै ट (आँखाभित्रको फूल) बाट चलचित्र क्षेत्रमा डेब्यू गर्दैै छिन् । मोफसलका चलचित्र निर्देशक माओत्सेतुङ गुरुङको कथा/लेखन तथा निर्देशनमा बन्न लागेको सो चलचित्रमा मुख्य नायिकाको भूमिकाका लागि सुमन पोखरामा नृत्य तथा अभिनयको विशेष कक्षा लिइरहेकी छन् । चलचित्र निर्माण पक्षले आउँदो माघ १८ गतेदेखि पोखराका विभिन्न स्थलसहित नेपालका सुन्दर ठाउँहरु गिलुङ, टक्सारलगायत ठाउँमा आँखाभित्रको फूल चलचित्रको छायांकन सुरु गर्ने जनाएको छ । सो चलचित्र पाइला फिल्म्स् प्रा.लि.को व्यानरमा बन्न लागेको हो ।







