गुरुङ साहित्यिक मञ्च नेपालको प्रमुख सल्लाहकारमा एकेन्द्र गुरुङ पुन: मनोनित

SHARE:

पोखरा – गुरुङ साहित्यिक मञ्च नेपालले बेलायत निवासी, बौद्धिक तथा समाजसेवी एकेन्द्र गुरुङलाई पुन: प्रमुख सल्लाहकारमा मनोनित गरेको छ। लमजुङ जिल्लामा जन्मिएका गुरुङले गुरुङ साहित्यिक मंच नेपाललाई स्थापनकालदेखि सल्लाह, सुझाव, मार्गदर्शन आर्थिक, नैतिक भौतिक र प्राज्ञिक रूपमा सहयोग गर्दै आएका छन्।

मञ्चले जारी गरेको पत्रमा प्रमुख सल्लाहकार गुरुङद्वारा बिगतमा झैँ गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै मञ्चकी अध्यक्ष रोशनी गुरुङ र महासचिव सम्राट गुरुङद्वारा हस्ताक्षर गरिएको पत्रमार्फत उहाँलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!