तमु समाज यूकेको आज १९औँ स्थापना दिवस, चर्चित कलाकारको साथमा वार्षिकोत्सव मनाइँदै

SHARE:

लन्डन । तमु समाज यूकेले आज १९औँ स्थापना दिवस मनाउँदै छ । लन्डनस्थित आफ्नै सामुदायिक भवनमा साँझ लोकप्रिय कलाकारको साथमा स्थापना दिवस तथा सम्मान कार्यक्रम आयोजना गरिने समाजका महासचिव सुब घलेले जानकारी दिएका छन् ।

स्थापना दिवसका अवसरमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्थापनाकालदेखि हालसम्म संस्थाले खेलेको भूमिका र सञ्चालन गरेका गतिविधिबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ । साथै, समाजमा अनुकरणीय योगदान पुर्‍याएका व्यक्तित्व तथा शिक्षा क्षेत्रमा उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिनेछ भने नयाँ आजीवन सदस्यहरूलाई स्वागत गरिनेछ ।

कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ, गायक दुर्गा गुरुङ तथा नव गायिका शर्मिला गुरुङ ‘सरु’को विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । तमु समाज यूके “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल नारासहित सन् २००७ मा स्थापना भएको हो ।

तमु समाज यूके २०औँ वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले १९ वर्षको गौरवपूर्ण यात्रामा योगदान पुर्‍याउने संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, वर्तमान कार्यसमिति, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संस्थाको एकता, भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै समाजसेवा तथा परोपकारी कार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धतासहित शुभकामना व्यक्त गरेकी छन्।

त्यस्तै, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्थापना दिवसको शुभकामना दिँदै संस्थाले १९ वर्षको यात्रामा हासिल गरेका उपलब्धिप्रति खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि तमु समाज यूकेको एकता, सहकार्य र सामाजिक योगदान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी तमु समाज यूकेले १९औँ वार्षिकोत्सव पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले संस्थाका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनले तमु समाज यूकेको एकता, भाषा, संस्कृति, पहिचान र सामाजिक सेवाको अभियान आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बन्दै जाओस् भन्ने शुभकामना दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!