बेलायतबाट बिदाइ हुँदै लोकदोहोरी गायिका शर्मिला, आइतबार अल्डरसटमा विशेष कार्यक्रम

SHARE:

अल्डरसट । सांगीतिक भ्रमणका क्रममा बेलायतमा रहेकी लोकप्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ ‘सरु’ लाई बिदाइ गर्न विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्ट एन्ड ककटेलबारमा आइतबार ( ४ अक्टोबर २०२६) गायिका सरुको बिदाइ कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम बेलुका ४ बजेपछि सुरु हुनेछ ।

नेपाली मौलिक पहिरन र सांस्कृतिक पहिचानसहितको पोस्टरमा सार्वजनिक गरिएको कार्यक्रमलाई शर्मिलाको बिदाइका अवसरमा आयोजना हुने विशेष भेटघाटका रूपमा प्रस्तुत गरिएको छ ।

आयोजक र गायिका सरुले बेलायतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा आफन्त–मित्रलाई कार्यक्रममा सहभागी भइ भेट्ने अवसर जुटाइदिन आग्रह गरेका छन् ।

गायिका शर्मिला ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को निमन्त्रणामा गत वैशाख अन्तिम हप्ता बेलायत आएकी हुन् । सन् १९९० जनवरी १३ मा तनहुँको व्यास–७ मा जन्मिएकी उनी वि.सं. २०७४ देखि लोकदोहोरी गायनमा छिन् । लाइभ दोहोरीमा जमेकी सरुको चर्चित एल्बमहरु पनि छन् । ‘माया गर्ने मुटु’, ‘डाँडैमा पिपलु छाया’, ‘ह्या माया’, ‘रुन्छु घरी घरी’, ‘मायालाई देखेर मनै चञ्चल’, ‘तिजको भाकामा’, ‘हे माया फर्क फरक्कै’ लगायत गीतमा उनले स्वर दिएकी छन् । हालै मात्र बजारमा आएको लोकदोहोरी गीत ‘यो मेरो बैँस’को पनि भ्यूज राम्रो आएको उनी बताउँछन् ।

शर्मिलाको यो पहिलो वैदेशिक यात्रा हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!