काठमाडौं । गायक बिमल परियार र गायिका पुष्पा परियारको स्वरमा नयाँ नेपाली लोकदोहोरी गीत ‘यूके सुइटर’ सार्वजनिक भएको छ । गीतको अडियो तथा भिडियो बिमल परियार अफिसियल युट्युब च्यानलबाट २ अक्टोबर शुक्रबार सार्वजनिक गरिएको छ ।
बिमल परियारको प्रस्तुति रहेको गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका छन्। गीतको रेकर्डिङ रमेश खड्काले गरेका हुन्।
मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफी रहेको ‘यूके सुइटर’को भिडियोमा मनोज गुरुङ र अस्मिता परियार मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा उमेश परियार अतिथि कलाकारका रूपमा प्रस्तुत भएका छन्। गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन्।






