नेपाली कांग्रेसको आजदेखि १५औँ महाधिवेशन, बेलायतलगायत मुलुकबाट प्रतिनिधि सहभागी हुँदै

SHARE:

काठमाडौं । नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा १५औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ ।

यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र बेलायतलगायत जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् । कांग्रेसको महाधिवेशनमा यो अहिलेसम्मकै धेरै प्रतिनिधिको सहभागिता हुनेछ । उनीहरूले पाँच वर्षका लागि पार्टीको नीति र नेतृत्व तय गर्दै छन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले कांग्रेसले नयाँ नीति, नेतृत्व र संकल्पसाथ महाधिवेशन सम्पन्न गर्ने बताए । महाधिवेशनमा कांग्रेसले युवा नेतृत्वका साथै युवा, महिला, पिछडिएको वर्ग, विदेशमा रहेका नेपालीलाई समेट्ने गरी संरचनागत ढाँचा परिवर्तन गर्ने उनले बताए ।

कांग्रेसको पहिले पदाधिकारी संख्या १४ रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर तीन पदाधिकारी थपिएको थियो । अहिले फेरि पदाधिकारी थप्ने तयारी छ । नेतृत्वमा आकांक्षी बढेकाले पदाधिकारी संख्या बढाउने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए । अहिलेको विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई–दुई, आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ । विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी तीन सहमहामन्त्री थपेको छ । मनोनयन हुने सहमहामन्त्रीमा एक महिला अनिवार्य हुने भनिएको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!